मध्य विन्दूमा साहित्य

आश गुरुङ,

तस्विरहरुः लेखक

लमजुङ, मंसिर १२ गते ।

जहाँ पुग्दैनन् रवी, त्यहाँ पुग्छन् कवि भन्ने त उत्ति नै छ । दुःख होस् या सुख, आनन्द होस् या अशान्ति, महल या झुपडि, जहाँ जसरी पनि साहित्यको सिर्जना भएकै हुन्छ । मेला पात र चाड पर्व त साहित्य सिर्जनाको थलो नै भईहाल्यो, त्यसबाहेक गाईवस्तु चराउन, गोठालो जाँदा होस् या खेतवारीमा समेत अहिले साहित्य फूल्न थालेको छ ।

नेपालकै मध्यविन्दू मानिने, लमजुङको रम्घा गाविसस्थित दर्ुइपिप्लेमा एक विहानै चहलपहल थियो । सँधै किसानले मात्रै गर्ने दाइँ, यसपटक साहित्यकार साथै सरकारी कार्यालयका प्रमुखले गर्ने खबर सुनेर स्थानीयवासिन्दा हर्ेनकै लागि भएपनि आफ्नो दाइँ छोडेर कार्यक्रमस्थल पुगेका थिए । रेडियोमा सुनेका र पत्रपत्रिकामा पढेका साहित्यकारहरुको नाम सुन्ने र देख्ने वित्तिकै हर्ेनकै लागि पनि गाउँगाउँवाट साहित्य अनुरागीहरु ओर्लिएका थिए ।

विहानैको र्साईतमा घलेगाउँ जाने भन्दै मन्त्रीको प्रवेश भएपछि प्रमख अतिथि लगायतका साहित्यकारहरुको टोली केही वेर ढिला गरि रम्घातर्फहान्नियो । दक्षिणपश्चिम लमजुङमा पर्ने दुइपिप्लेमा दाइँ साहित्य र महोत्सवको धुमधाम तयारी थियो । साहित्यलाई किसानहरुको चासोको विषय बनाउन र किसानहरुको दुःख, पीडा र कर्मलाई उनीहरुकै कर्मथलोमा साहित्य सिर्जनाहरु पस्कन दयाँरे बनेर पुगेका कर्मचारी, साहित्यकमी, राजनीतिकर्मी तथा संचारकर्मीहरुलाई स्थानीय आमा समूहले स्वागत गरे ।

दर्ुइपिप्लेस्थित प्रेमजंग गुरुङको खलेगह्रामा लालुपाते र अन्य रंगीचंगी र फूलमालाले सिंगारेको मियोमा ३ हल गोरु बाँधिए । वेसीशहरवाट पुगेका दयाँरेहरु पनि पालैपालो धान झाँट्ने, पराल छिरल्ने तथा गीत गाउँदै गोरु धपाउन थाले । कार्यक्रमका प्रमुख अतिथि एवं स्थानीय विकास अधिकार्रर् इन्दू घिमिरेले कुन्यूको जुरो झिकेर दाइँ साहित्यको औपचारिक उद्घाटन गरिन् । प्रमुख अतिथिसंगै कृषि कार्यालयका प्रमुख किशोरप्रसाद पन्त, हिमालचुली कला साहित्य प्रतिष्ठानका अध्यक्ष आनन्द घिमिरे, नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य मायानाथ अधिकारी साथै स्थानीय शान्ति आमा समूहका महिलाहरु धान झाँट्न थाले । दाइँमा सहभागि निमित्त जिल्ला शिक्षा अधिकारी नगेन्द्र प्रसाद रेग्मी, राष्ट्रिय वाणिज्य बैंक वेसीशहरका प्रवन्धक दीगन्दराज पन्त लगायतका केही कुन्यूतिर त केही पराल छिराल्नतर्फलागे । दाइँमा किसानका कथा ब्यथासंगै राजनीतिक विषयवस्तुले पनि त्यतिकै ठाउँ पायो । विग्रिएको राजनीति र बन्न नसकेको संविधानप्रति श्रष्टाहरु नवराज दाहाल, कमला केसी, बासुदेव थापा लगायतले रचना बाचन गरे । साहित्यकार मेघेन्द्र पोख्रेलले किसानका कुरा कवितामा सुनाउन थाले । स्थानीय विकास अधिकारर्ीर् इन्दू घिमिरेले साहित्य भन्न स्थानीय शान्ति आमा समूहको साथ लिईन् । साहित्यकारहरु वेनु सुँयल, रामचन्द्र शास्त्री, तर्ीथ तिवारी लगायतका साहित्यकारहरुले आ-आफ्नो रचना सुनाए । यो शनिवारको दिन थियो ।

कार्यक्रममा रोइला गायक विष्णुभक्त अधिकारीले खलोमै ठाडो भाका गाउन थालेपछि केही वेर नाचगान नै चल्यो । 'ठाडो भाका मर्ुधन्य ब्यक्तित्व -भेडीखर्के साइँला अर्थात दर्ीघराज अधिकारी) विरामी परेपछि म नै ठाडो भाका गाउँछु' उनी भन्दै थिए, 'जानेको त छैन, तर दर्शकलाई ठाडो भाकाको तल्तल मेटाउने प्रयास गर्छर्ुु' दर्शकदर्ीघले साहित्य र गीत सुनेर धेरै आनन्द लिए ।

आधा कुन्यूको धान झाँटिसकेपछि स्थानीय शान्ति आमा समूहले सालका टपरीमा दयाँरेहरुलाई खाना खुवाए । मध्यान्नको चर्को घाममा गुन्द्रुकको अचार र सागको तरकारीसंग स्थानीय चामलको भात खाएर पुनः दाइँको थलोमा पुगेका दयाँरेहरु साहित्य रचना बाचन गर्दै पराल छिराल्न थाले ।

नेपाली साहित्यको श्रीबृद्धि र साहित्यमा नयाँ प्रयोग तथा नयाँ पुस्तालाई साहित्य लेख्न र भन्नतर्फप्रोत्साहित गर्ने उद्देश्यले लमजुङमा स्थापित हिमालचुली कला साहित्य प्रतिष्ठानले विगत वर्षरुको निरन्तरता स्वरुप दाइँ साहित्यको आयोजना गर्‍यो । यसपटक भने नेपालकै मध्य विन्दूमा पर्ने रम्घाको थप प्रचारका लागि यसै स्थानमा दाइँ साहित्य कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष आनन्द घिमिरेले प्रष्ट्याए । प्रतिष्ठानले विगत ५ बर्षेखि नेपालमा नै संभवतः पहिलोपटक दाइँ साहित्य कार्यक्रमको आयोजना गर्दै आएको छ ।

मेलापात, खेति किसानी, दाइँ, रोपाइँजस्ता कृषि कर्मवाट र विवाह ब्रतबन्ध जस्ता धार्मिक तथा साँस्कृति पर्वहरुमा गाइने शिलोक लगायतवाट नै साहित्यको शुरु भएकोले साहित्यको प्रारम्भिक स्थानमा साहित्यिक कार्यक्रम गर्दा अझ प्रभावकारी हुने ठहर गर्दै प्रतिष्ठानले कार्यक्रमको आयोजना गरेको जनाएको छ । हिमालचुलीले पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारका लागि पर्यटन साहित्य र असारमा रोपाइँ साहित्यको कार्यक्रम पनि गर्दै आएको छ । साहित्यको माध्ययमवाट किसानका कुरा र पर्यटन पर््रवर्द्धन गर्ने कामको शुरुवात हिमालचुलीले नेपालमै पहिलोपटक शुरुवात गरेको भन्न सकिन्छ ।


Posted on:November 29, 2011, 12:48 am




Comments on above topic:





बैर्ंकर्सका गोविन्दका 'पल'

आश गुरुङ,

'पलपल निष्ठुरीको सम्झनाले मलाई सताइ रहन्छ,
बैगुनीको छायाँले सापनीमा पनि झस्काइ रहन्छ '
     
गीत सुन्दा निकै सरल लाग्छ, तर भित्री भाव भने पलपल मायाको याद र सम्झनामा तडि्पएको हुन्छ । त्यही सम्झनाको पललाई लिएर बैर्ंकर्स गोविन्द गुरुङ श्रोतामाझ आएका छन् । अहिले सिभिल बैंक लिमिटेडको कर्पोरेट कार्यालयमा वरिष्ठ कार्यकारी अधिकृत -महाप्रबन्धक तह) मा कार्यरत गुरुङको यो

»More

लमजुङको घलेगाउँमा ओईलिएको फूल

आश गुरुङ,

र्सार्क राष्ट्रकै नमुना मानिएको लमजुङको पर्यटकीय घलेगाउँमा गुरुङ भाषा, कला र संस्कृतिमा आधारित चलचित्र 'च्ह्याल्यबै ट' अर्थात ओइलिएको फूलको छायांकन गरिएको छ ।

गुरुङ समुदायमा पछिल्लो पटक परम्परा जस्तै बनेको विदेश जाने प्रथा र गाउँघरको विकृति विसंगतिलाई समेटेर तयार पारिएको कथालाई समेटेर निर्माण गर्न लागिएको चलचित्रको छायांकन घलेगाउँमा ९० प्रतिशत गरिएको चलचित्र युनिटले जनाएको छ ।

यसका साथसाथै घलेगाउँलाई विश्वसामु चिनाउनका लागि गरिएका प्रयासहरुलाई समेटेर चलचित्रको छायांकन गरिएको छ ।

»More

प्रधानमन्त्रीज्यू ! जवाफ पाऊँ ! गच्छदार देशका गृहमन्त्री कि लोकतान्त्रिक फोरमका ?

मधु लम्साल

मुलुकमा गृहमन्त्री छन् कि छैनन् ? यो प्रश्न अनुत्तरीत छ । किनकी, यो प्रश्नको जवाफ सायद गृहमन्त्री नियुक्त गर्ने प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि छ कि छैन भने अरु कोसँग होला ? हुनत डा. भट्टराई नेतृत्वको कामचलाउ सरकारमा गृहमन्त्री मात्रै नभएर उपप्रधानमन्त्री समेतको बिल्ला भिर्दै वरियताक्रममा दोस्रो रहेका बिजय कुमार गच्छदारको नाम उल्लेख छ । तर, उनी आफूले पाएको गृह प्रशासनको जिम्मेवारीप्रति कति जवाफदेहि छन् त ? प्रश्न उठेको छ ।

»More

उत्पीडनको विरोध साम्प्रदायिकता होइन

पृथ्वी सुब्बा गुरुङ

नयाँ संविधान जारी गर्ने बेला नजिकिँदै गर्दा उत्पीडित समुदायहरूको गठबन्धन कसिँदो छ । आदिवासी, जनजाति, मधेसी, दलित, मुस्लिमलगायतका उत्पीडित समुदायलाई प्रतिनिधित्व गर्ने सभासदहरूको संयुक्त प्रतिबद्धता यसको उदाहरण हो । यसले भावी नेपालको नयाँ खाका प्रस्तुत गरेको छ । यसले राजनीतिक दल, समाज र सबै तहमा एक प्रकारको तरंग ल्याएको छ ।
तर पार्टी नेताहरू भने यसको अपव्याख्या गर्न तल्लीन छन् । उनीहरूले विशेष गरेर कांग्रेस र एमालेका शर्ीष्ा नेताहरूले पार्टीसँगको सरसल्लाहबिना पार्र्टर्ीको नीतिविपरीत मधेसी मोर्चासँग सहमति गर्न पुगेको भन्दै निन्दा गरेका छन् । त्यति मात्र होइन, आदिवासी, जनजाति सभासदहरूको समूह अर्थात् ककसलाई नै साम्प्रदायिक बनेको आरोप लगाएका छन् ।

»More

जाँडरक्सी विरोधी चलचित्र 'मास्यो'

आश गुरुङ,

गुरुङ समाजमा जाँडरक्सी विना कुनैपनि सामाजिक काम अघि बढ्न सक्दैन । विवाह संस्कारदेखि मृत्यूसंस्कारसम्म तथा पाहुनाको स्वागतसत्कारका लागि जाँडरक्सी प्रयोग गर्ने गरिन्छ ।

राम्रो खालको जाँडरक्सी मर्दापर्दा र पाहुनाको स्वागतमा खर्चिने गरेको गुरुङ समाजमा पछिल्लो समय ब्यवसाय नै संचालन गरेपछि जाँडरक्सीले नराम्रो प्रभाव पार्न थालेको छ । जाँडरक्सीसंगै जुवातासले गर्दा गाउँघर कुरुप बन्दै गएको भन्दै यसविरोधी अभियान गुरुङ कथानक चलचित्रवाट थालिएको छ ।

»More

राजुले नचाए, विष्णुले रुवाए

आश गुरुङ,

लमजुङको सदरमुकाम बेसीशहरमा संचालन भइरहेको तेश्रो लमजुङ महोत्सव २०६८ को मुख्य आकर्षाको केन्द्रविन्दू राष्ट्रिय कलाकारको प्रस्तुति बनेको छ ।

वेसीशहरको त्रिवेणीफाँटमा आयोजना गरिएको महोत्सवले दर्शकहरुलाई कहिले हँसाएको छ त कहिले नचाएको अनि कहिले रुवाएको । सांगीतिक कार्यक्रमलाई निरन्तरता दिने क्रममा आईतवार संचालित राष्ट्रिय लोकदोहरी गीतका हस्तीहरुको प्रस्तुतिले दर्शकहरुलाई भरपूर

»More

पर्यटकको बर्साई लम्ब्याउन नारायणी, गण्डकी र लुम्बिनी प्याकेज

राजेश घिमिरे

विश्व मानचित्रमा सानो भएपनि पर्यटकीय दृष्टिले नेपाललाई विश्वमै उत्कृष्ट मानिने गरेको छ । प्राकृतिक स्रोतको खानी एवम् धार्मिक तथा सास्कृतिक विविधता हाम्रो पहिचान बनेको छ । हिमाल, पहाड र तर्राईबीचको निकटता तथा जातीय सद्भावले पर्यटक बढाउनमा ठूलै भूमिका निर्वाह गरिरहेका छन् । वर्षोनी लाखौं विदेशी पर्यटक भित्रनुको पछाडि यिनै मुख्य हुन् ।र्
पर्यटनका लागि आवश्यक नीति र योजना नै प्रभावकारी नहुदा पनि पर्यटकको ओइरो लाग्नुमा प्रकृतिले दिएको यहाको स्रोतकै भूमिका महत्वपर्ूण्ा छ । पर्यटन नीति-२०६५ को कार्यान्वयन हुन नसकेका र पर्यटन ऐन-२०५३ लाई परिमार्जन गर्नुपर्ने आवाज उठ्न थालेको अवस्था

»More

मध्य विन्दूमा साहित्य

आश गुरुङ,

तस्विरहरुः लेखक

जहाँ पुग्दैनन् रवी, त्यहाँ पुग्छन् कवि भन्ने त उत्ति नै छ । दुःख होस् या सुख, आनन्द होस् या अशान्ति, महल या झुपडि, जहाँ जसरी पनि साहित्यको सिर्जना भएकै हुन्छ । मेला पात र चाड पर्व त साहित्य सिर्जनाको थलो नै भईहाल्यो, त्यसबाहेक गाईवस्तु चराउन, गोठालो जाँदा होस् या खेतवारीमा समेत अहिले साहित्य फूल्न थालेको छ ।

नेपालकै मध्यविन्दू मानिने, लमजुङको रम्घा गाविसस्थित दर्ुइपिप्लेमा एक विहानै चहलपहल थियो । सँधै किसानले मात्रै गर्ने दाइँ,

»More