पर्यटकको बर्साई लम्ब्याउन नारायणी, गण्डकी र लुम्बिनी प्याकेज

राजेश घिमिरे

विश्व मानचित्रमा सानो भएपनि पर्यटकीय दृष्टिले नेपाललाई विश्वमै उत्कृष्ट मानिने गरेको छ । प्राकृतिक स्रोतको खानी एवम् धार्मिक तथा सास्कृतिक विविधता हाम्रो पहिचान बनेको छ । हिमाल, पहाड र तर्राईबीचको निकटता तथा जातीय सद्भावले पर्यटक बढाउनमा ठूलै भूमिका निर्वाह गरिरहेका छन् । वर्षोनी लाखौं विदेशी पर्यटक भित्रनुको पछाडि यिनै मुख्य हुन् ।र्
पर्यटनका लागि आवश्यक नीति र योजना नै प्रभावकारी नहुदा पनि पर्यटकको ओइरो लाग्नुमा प्रकृतिले दिएको यहाको स्रोतकै भूमिका महत्वपर्ूण्ा छ । पर्यटन नीति-२०६५ को कार्यान्वयन हुन नसकेका र पर्यटन ऐन-२०५३ लाई परिमार्जन गर्नुपर्ने आवाज उठ्न थालेको अवस्था छ । अन्तर्रर्ााट्रय क्षेत्रमा आधुनिक प्रविधिको विकास र प्रयोग भइसक्दा पनि परम्परागत संरचना र प्रविधिको प्रयोग गर्दै नेपालको पर्यटनलाई माथि उठाउन कत्तिको सम्भव होला - त्यो पनि पर्यटन क्षेत्रलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा सरकारको स्पष्ट योजना नै नभएको समयमा । यहा न त पर्यटनका लागि आवश्यक भौतिक संरचनाको विकास गर्न सकियो न त पर्यटन उद्योगको गुणस्तर वृद्धि र दक्ष जनशक्ति तयार पार्न नै । उही पुरानै चिन्तन र शैलीले पर्यटकलाई स्वागत गरिंदैछ अझैपनि । देशको राजनीतिक अवस्थाको विषयमा त कुरानै नगर्दा बेस होला । यस्तो अवस्थामा पनि पर्यटक किन नेपाल आउन चाहन्छन् त - सजिलो जवाफ छ,ँयहाको प्राकृतिक स्रोतले ध्यान खिचेको छ । तर प्राकृतिक स्रोत माथिको बढ्दो अतिक्रमण, धार्मिक आस्थामा आएको विचलन र युवापंक्तिको संस्कृत्रि्रतिको बितृष्णाले अबका केही वर्षा नेपालको पर्यटन क्षेत्रलाई कता पुर्‍याउला भन्ने बारेमा अहिले देखिनै सोचिनु पर्दछ ।
जलवायु परिवर्तनको प्रभाव त नेपालमा मात्र होइन विश्वव्यापी छ । हिमालको लम्बाई घट्दै छ, नदी, ताल तलैयामा पानी कम हुदैछ, जंगल विनास र वन्यजन्तु लोप हुदैछन् । जंगल विनास भएर वन्यजन्तु नासिए र कृषिको विकास गर्न नसक्ने हो भने पर्यटक चितवन केका लागि आउने, ताल तलैया सुक्यो र हीमश्रृंखला देख्न नपाइने भएपछि पोखरा जानुपर्ने आवश्यकता किन, ट्रेकिङ्को मज्जा नपाईने, जातीय सद्भाव हट्ने, सास्कृतिक विविधतामा कमी आउने र धार्मिक आस्थामा विचलनता बढ्ने हो भने पर्यटकलाई मनाङ्, लमजुङ, गोरखा, तनहु, नवलपरासी अनि लुम्बिनी जानुपर्ने आवश्यकता किन होला र - अहिले हामी क्रमशः यही दिशा तर्फलम्कदैछौं । अहिलेको अवस्थामा सुधार ल्याउन नसक्ने भने नेपालमा सन् २०११ मा ७ लाख भन्दा बढी विदेशी पर्यटक आएको कुरा भावी पुस्ताका लागि एकादेशको कथा हुन सक्छ ।र्
पर्यटन क्षेत्रलाई आगामी दिनमा थप सशक्त र प्रभावकारी बनाउन आपसी समन्वयको खाचो छ । एक्लै-एक्लै अघि बढेर सीमित अवधिका लागि केही फाइदा त होला तर पर्यटन उद्योगलाई अनन्तसम्म डोर्‍याउन संयुक्त प्रयासनै आवश्यक छ । तर यसका लागि देशका पुरै पर्यटकीय क्षेत्रलाई चक्र बनाएर संरक्षण र पर््रवर्द्धनको योजना निर्माण गर्न त्यति सहज छैन । शान्ति प्रक्रिया र संविधान निर्माणमा अल्भिmएको सरकारले आफ्नो नजर यस तर्फपुर्‍याउने सम्भावनापनि छैन । तर्सथ केही जिल्ला तथा केही अञ्चलको सहकार्य मात्रै पनि पर्यटकीय विकासको आधार बन्न सक्छ । यसकै लागि नारायणी, गण्डकी र लुम्बिनीका बीचमा सहकार्य आवश्यक छ । यसले मात्रै पनि नेपालमा विदेशी पर्यटकको संख्या बढाउनमा महत्वपर्ूण्ा भूमिका हुनसक्छ । वाइल्डलाईफ टुरिजमका लागि विश्व प्रसिद्ध चितवन, प्याराग्लाईडिङ, डुंगा सफारी तथा प्राकृतिक मनोरम दृष्य अवलोकनका लागि प्रसिद्ध पोखरा, भगवान गौतम बुद्धको जन्मथलो ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बौद्ध विहार लुम्बिनी, विश्वका १० उत्कृष्ट पदमार्ग मध्येको अन्नपर्ूण्ा पदमार्गमा पर्ने लमजुङ् र मनाङ -सुन्दर हिमश्रृंखलाहरुको अवलोकनका लागि पनि महत्वपर्ूण्ा) तथा देशको ऐतिहासिक पृष्ठभूमि बोकेको गोर्खा तथा धार्मिक महत्वको पवित्र तर्ीथस्थल तनहुको देवघाटधाम र नवलपरासीको त्रिवेणीधाम जोड्न सके पर्यटन विकासका लागि कोशेढुंगा सावित हुन सक्छ ।
यसबाहेक मनाङ्को तिलिचो ताल, लमजुङको ऐतिहासिक लमजुङ -गाउशहर) दरवार, घलेगाउ, तातोपानी, दुधपोखरी, तनहुको बन्दीपुर, पोखराको फेवा, बेगनास ताल, महेन्द्र गुफा, गोर्खाको मनकामना, चितवनको सिराइचुली, मेघौली, लामो झरना, नवलपरासीको मौलाकालिका मन्दिरले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकषिर्त गर्दै आएका छन् । गोरखा त आन्तरिक पर्यटक सबैभन्दा बढी पुग्ने जिल्लाकै रुपमा परिचित छ । यी जिल्लाका पर्यटन विकास समिति र सरोकारवालाका बीचमा आपसी समन्वय हुन सक्यो भने आन्तरिक र बाह्य पर्यटक भित्रने क्रममा व्यापकता ल्याउदै देशको अर्थतन्त्रमा महत्वपर्ूण्ा भूमिका निर्वाह गर्न सकिन्छ । फलस्वरुप बाह्य पर्यटकको नेपाल बर्साई लम्बिनेछ । आन्तरिक पर्यटकलाई पनि भ्रमणमा सहज हुनेछ ।
बृहत्तर पर्यटन गुरुयोजना समिति लमजुङका संयोजक प्रमोदकुमार श्रेष्ठ लुम्बिनी, नारायणी र गण्डकीलाई जोडेर पर्यटकका लागि आकर्ष प्याकेज ल्याउन सके ँग्रेट हिमालय ट्रेल कार्यक्रम थप प्रभावकारी बन्ने बताउछन् । होइन भने लमजुङ-मनाङ सडक यातायातका कारण संकटमा पर्न थालेको अन्नपर्ूण्ा पदमार्गको विकल्प खोजी हुदै गर्दा यो कार्यक्रमलाई प्रभावकारी बनाउन कठीन हुन सक्छ । गण्डकी, नारायणी र लुम्बिनीलाई जोडेर प्याकेजको कार्यक्रम तयार पार्दा हिमाल, पहाड र तर्राईनै समेटिने भएका कारण पर्यटकले धेरै स्वाद चाख्न पाउने छन् । चितवन उद्योग संघका निवर्तमान अध्यक्ष हर्रि्रसाद सुवेदी भरतपुर विमानस्थलबाट पोखरा र मनाङसम्म जहाजको उडान भर्न सक्ने हो भनेपनि ग्रेट हिमालय ट्रेल कार्यक्रमसगै अन्य जिल्लाको पर्यटन विकासमा पनि सहयोग पुग्ने बताउछन् । यसो गर्न तत्कालै सम्भव नभएपनि सबै जिल्लाका सरोकारवालाले यस विषयमा पहल गर्ने हो राम्रै सम्भावना छ । चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदी भन्छन्,सन् २०१२ मा लुम्बिनी भ्रमण वर्षसफल पार्न सबैले सहयोग गर्ने र त्यसपछिका वर्षक्रमशःअन्य जिल्लाहरुले भ्रमण वर्षघोषणा गरेर सहयोग गर्दा अझ राम्रो हुन्छ । यसका लागि चितवन पर्यटन विकास समितिले सन् २०१३ लाई चितवन भ्रमण वर्षा रुपमा प्रस्ताव गर्ने तयारी गरेको छ । सरकारले २०१२ लाई लगानी पर््रवर्द्धन वर्षघोषणा गरिसकेको अवस्थामा पर्यटन क्षेत्रमा लगानी वृृद्धि गर्न सक्ने हो भनेपनि यसबाट राम्रै फाइदा लिन सक्ने देखिन्छ । पहिलो चरणमा गोरखाको मनकामना मन्दिर आएका धार्मिक पर्यटकलाई देवघाट, त्रिवेणी हुदै लुम्बिनी पुर्‍याउने गरी प्याकेजको कार्यक्रम तयार पार्न सकिन्छ । यसका लागि जलमार्गको प्रयोग गर्न पनि सकिने सम्भावना छ । त्रिशुली र नारायणी नदीलाई उपयोग गरेर त्रिवेणीसम्म पुग्न सकिने अवस्था बनिसकेको छ । गोरखा उद्योग वाणिज्य संघका पर्ूव अध्यक्ष अच्युतलाल श्रेष्ठपनि चितवनलाई केन्द्र मानेर बृहत प्याकेज ल्याउने विषयमा सकरात्मक रहेको बताउछन् । तर यसका लागि शान्ति सुरक्षाको वातावरणमा सुधार आउनुपर्ने उनको भनाई छ ।
पछिल्लो समयमा दलहरुका बीचमा देखिएको सहमतिको वातावरण र शान्ति प्रक्रियामा भएको प्रगतिले पर्यटन क्षेत्रको विकासका लागि लगानी मैत्री वातावरण तयार पार्न केही सहज देखिएको छ । लगानीको सुरक्षा हुने वातावरण तयार भए निजी क्षेत्र ठूलै लगानी गर्नपनि तयार छ । पर्यटन व्यवसायी दिनेशकुमार चुके सुरक्षाको प्रत्याभूति भए पर्यटकहरुको लागि तारे होटलहरु स्थापना गर्न र गुणस्तरीय सेवा दिन व्यवसायीहरुका लागि ठूलो कुरा नहुने बताउछन् । तर जिल्ला-जिल्लाका पर्यटन व्यवसायीका बीचमा आपसी समन्वय हुन सकेन र आपसी सहयोग हुन सकेन भने पर्यटन उद्योगले उभो होईन उधो गति लिने स्पष्ट देखिन्छ ।
-लेखक आर्थिक पत्रकार मञ्च चितवनका अध्यक्ष हुन् ।


Posted on:December 25, 2011, 12:42 am




Comments on above topic:





बैर्ंकर्सका गोविन्दका 'पल'

आश गुरुङ,

'पलपल निष्ठुरीको सम्झनाले मलाई सताइ रहन्छ,
बैगुनीको छायाँले सापनीमा पनि झस्काइ रहन्छ '
     
गीत सुन्दा निकै सरल लाग्छ, तर भित्री भाव भने पलपल मायाको याद र सम्झनामा तडि्पएको हुन्छ । त्यही सम्झनाको पललाई लिएर बैर्ंकर्स गोविन्द गुरुङ श्रोतामाझ आएका छन् । अहिले सिभिल बैंक लिमिटेडको कर्पोरेट कार्यालयमा वरिष्ठ कार्यकारी अधिकृत -महाप्रबन्धक तह) मा कार्यरत गुरुङको यो

»More

लमजुङको घलेगाउँमा ओईलिएको फूल

आश गुरुङ,

र्सार्क राष्ट्रकै नमुना मानिएको लमजुङको पर्यटकीय घलेगाउँमा गुरुङ भाषा, कला र संस्कृतिमा आधारित चलचित्र 'च्ह्याल्यबै ट' अर्थात ओइलिएको फूलको छायांकन गरिएको छ ।

गुरुङ समुदायमा पछिल्लो पटक परम्परा जस्तै बनेको विदेश जाने प्रथा र गाउँघरको विकृति विसंगतिलाई समेटेर तयार पारिएको कथालाई समेटेर निर्माण गर्न लागिएको चलचित्रको छायांकन घलेगाउँमा ९० प्रतिशत गरिएको चलचित्र युनिटले जनाएको छ ।

यसका साथसाथै घलेगाउँलाई विश्वसामु चिनाउनका लागि गरिएका प्रयासहरुलाई समेटेर चलचित्रको छायांकन गरिएको छ ।

»More

प्रधानमन्त्रीज्यू ! जवाफ पाऊँ ! गच्छदार देशका गृहमन्त्री कि लोकतान्त्रिक फोरमका ?

मधु लम्साल

मुलुकमा गृहमन्त्री छन् कि छैनन् ? यो प्रश्न अनुत्तरीत छ । किनकी, यो प्रश्नको जवाफ सायद गृहमन्त्री नियुक्त गर्ने प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि छ कि छैन भने अरु कोसँग होला ? हुनत डा. भट्टराई नेतृत्वको कामचलाउ सरकारमा गृहमन्त्री मात्रै नभएर उपप्रधानमन्त्री समेतको बिल्ला भिर्दै वरियताक्रममा दोस्रो रहेका बिजय कुमार गच्छदारको नाम उल्लेख छ । तर, उनी आफूले पाएको गृह प्रशासनको जिम्मेवारीप्रति कति जवाफदेहि छन् त ? प्रश्न उठेको छ ।

»More

उत्पीडनको विरोध साम्प्रदायिकता होइन

पृथ्वी सुब्बा गुरुङ

नयाँ संविधान जारी गर्ने बेला नजिकिँदै गर्दा उत्पीडित समुदायहरूको गठबन्धन कसिँदो छ । आदिवासी, जनजाति, मधेसी, दलित, मुस्लिमलगायतका उत्पीडित समुदायलाई प्रतिनिधित्व गर्ने सभासदहरूको संयुक्त प्रतिबद्धता यसको उदाहरण हो । यसले भावी नेपालको नयाँ खाका प्रस्तुत गरेको छ । यसले राजनीतिक दल, समाज र सबै तहमा एक प्रकारको तरंग ल्याएको छ ।
तर पार्टी नेताहरू भने यसको अपव्याख्या गर्न तल्लीन छन् । उनीहरूले विशेष गरेर कांग्रेस र एमालेका शर्ीष्ा नेताहरूले पार्टीसँगको सरसल्लाहबिना पार्र्टर्ीको नीतिविपरीत मधेसी मोर्चासँग सहमति गर्न पुगेको भन्दै निन्दा गरेका छन् । त्यति मात्र होइन, आदिवासी, जनजाति सभासदहरूको समूह अर्थात् ककसलाई नै साम्प्रदायिक बनेको आरोप लगाएका छन् ।

»More

जाँडरक्सी विरोधी चलचित्र 'मास्यो'

आश गुरुङ,

गुरुङ समाजमा जाँडरक्सी विना कुनैपनि सामाजिक काम अघि बढ्न सक्दैन । विवाह संस्कारदेखि मृत्यूसंस्कारसम्म तथा पाहुनाको स्वागतसत्कारका लागि जाँडरक्सी प्रयोग गर्ने गरिन्छ ।

राम्रो खालको जाँडरक्सी मर्दापर्दा र पाहुनाको स्वागतमा खर्चिने गरेको गुरुङ समाजमा पछिल्लो समय ब्यवसाय नै संचालन गरेपछि जाँडरक्सीले नराम्रो प्रभाव पार्न थालेको छ । जाँडरक्सीसंगै जुवातासले गर्दा गाउँघर कुरुप बन्दै गएको भन्दै यसविरोधी अभियान गुरुङ कथानक चलचित्रवाट थालिएको छ ।

»More

राजुले नचाए, विष्णुले रुवाए

आश गुरुङ,

लमजुङको सदरमुकाम बेसीशहरमा संचालन भइरहेको तेश्रो लमजुङ महोत्सव २०६८ को मुख्य आकर्षाको केन्द्रविन्दू राष्ट्रिय कलाकारको प्रस्तुति बनेको छ ।

वेसीशहरको त्रिवेणीफाँटमा आयोजना गरिएको महोत्सवले दर्शकहरुलाई कहिले हँसाएको छ त कहिले नचाएको अनि कहिले रुवाएको । सांगीतिक कार्यक्रमलाई निरन्तरता दिने क्रममा आईतवार संचालित राष्ट्रिय लोकदोहरी गीतका हस्तीहरुको प्रस्तुतिले दर्शकहरुलाई भरपूर

»More

पर्यटकको बर्साई लम्ब्याउन नारायणी, गण्डकी र लुम्बिनी प्याकेज

राजेश घिमिरे

विश्व मानचित्रमा सानो भएपनि पर्यटकीय दृष्टिले नेपाललाई विश्वमै उत्कृष्ट मानिने गरेको छ । प्राकृतिक स्रोतको खानी एवम् धार्मिक तथा सास्कृतिक विविधता हाम्रो पहिचान बनेको छ । हिमाल, पहाड र तर्राईबीचको निकटता तथा जातीय सद्भावले पर्यटक बढाउनमा ठूलै भूमिका निर्वाह गरिरहेका छन् । वर्षोनी लाखौं विदेशी पर्यटक भित्रनुको पछाडि यिनै मुख्य हुन् ।र्
पर्यटनका लागि आवश्यक नीति र योजना नै प्रभावकारी नहुदा पनि पर्यटकको ओइरो लाग्नुमा प्रकृतिले दिएको यहाको स्रोतकै भूमिका महत्वपर्ूण्ा छ । पर्यटन नीति-२०६५ को कार्यान्वयन हुन नसकेका र पर्यटन ऐन-२०५३ लाई परिमार्जन गर्नुपर्ने आवाज उठ्न थालेको अवस्था

»More

मध्य विन्दूमा साहित्य

आश गुरुङ,

तस्विरहरुः लेखक

जहाँ पुग्दैनन् रवी, त्यहाँ पुग्छन् कवि भन्ने त उत्ति नै छ । दुःख होस् या सुख, आनन्द होस् या अशान्ति, महल या झुपडि, जहाँ जसरी पनि साहित्यको सिर्जना भएकै हुन्छ । मेला पात र चाड पर्व त साहित्य सिर्जनाको थलो नै भईहाल्यो, त्यसबाहेक गाईवस्तु चराउन, गोठालो जाँदा होस् या खेतवारीमा समेत अहिले साहित्य फूल्न थालेको छ ।

नेपालकै मध्यविन्दू मानिने, लमजुङको रम्घा गाविसस्थित दर्ुइपिप्लेमा एक विहानै चहलपहल थियो । सँधै किसानले मात्रै गर्ने दाइँ,

»More