Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

लमजुङमा एकै घरका ४ जनाको हत्या

आश गुरुङ, लमजुङ, असोज १५ गते ।
उमेरले ६० बर्ष पुगेका अर्जुनप्रसाद रेग्मी भारतको नयाँ दिल्लीमा सेक्युरिटी काम गर्दै आएका ब्यक्ति हुन् । उनी दशैँ मनाउनका लागि सोमबारमात्रै घर फर्के । तर, २ दिन वित्न नपाउँदै मंगलबार राती उनको हत्या भयो । उनले १४ बर्षअघि भारतबाट धर्मछोरीको रुपमा पाल्ने भन्दै ल्याएकी अहिले ३५ बर्षकी रीना घिमिरेको पनि हत्या भयो । त्यतिमात्र नभएर बाबु खुल्न नसकेको अवस्थाका रीनाको छोरा १२ बर्षीय विकास घिमिरेको पनि उनीसंगै एउटै खाटमा हत्या

»More

घलेगाउँमा ‘खेकीचोकी’ भेला

आश गुरुङ, लमजुङ, असोज १४ गते ।
सार्क राष्ट्रको नमुना गाउँ लमजुङको घलेगाउँमा एकविहानै गुरुङ जातिमा मर्दापर्दा चाहिने विशेष ब्यक्तिहरु जम्मा भए । गुरुङ जातिको जन्म, बिवाह र मृत्यु संस्कारमा घ्याब्रे (क्ल्हेप्री, ल्हौरी), पच्यु र पैँडी चाहिन्छ । घ्याब्रेपच्युले प्ये अर्थात शास्त्र मन्त्राएर विवाह र मृत्युका संस्कार गर्ने र पैँडीले पुरोहितको काम गर्ने गर्छ । तिनै ब्यक्तिहरु लमजुङको घलेगाउँस्थित क्होइँपो धीँमा पुगे र छलफल गरे ।

»More

लमजुङ मस्र्याङ्दी क्लवद्धारा कैदीबन्दीलाई खाद्यान्न

आश गुरुङ, लमजुङ, असोज १३ गते ।
बडादशैँको अवसर पारेर लमजुङ कारागारमा रहेका कैदीबन्दीहरुलाई आज खाद्यासामाग्री वितरण गरिएको छ । सदरमुकाम वेसीशहरमा रहेको लमजुङ मस्र्याङ्दी युवा क्लवले कारागारमै पुगेर खाद्यान्न सामाग्री वितरण गरेको हो । खाद्यान्न सामाग्री वितरण गर्न राजनीतिक दलका नेताहरुलाई लिएर क्लबका पदाधिकारी कारागार पुगेका थिए ।

»More

गाउँशहर काउलेपानीको होमस्टे नेपालकै उत्कृष्ट

आश गुरुङ, लमजुङ, असोज १२ गते ।
लमजुङको ऐतिहासिकस्थल गाउँशहर काउलेपानीको होमस्टेलाई नेपालकै उत्कृष्ठ होमस्टे घोषणा गरिएको छ । होमस्टेको व्यवस्थापकीय प्रणाली, स्वागतसत्कार साथै होमस्टेका लागि चाहिने न्यूनमत पूर्वाधारलाई दृष्टिगत गरी काउलेपानीको होमस्टेलाई उत्कृष्ठ ठहर गरिएको हो ।
बेसीशहर नगरपालिका वडा नम्बर ६ अर्थात यसअघि गाउँशहर गाउँ विकास समितिको वडा नम्बर १ मा पर्ने काउलेपानीको होमस्टेलाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटो)ले नेपालभरिबाटै उत्कष्ठ ठहर गरि घोषणा गरेको हो । 

»More

खसीबोका हाटमा २ सय बढी खसीबोकाको विक्री

अनिशा श्रेष्ठ, लमजुङ, असोज १२ गते ।
सदरमुकाम बेसीशहरमा बडा दशैँलाई मध्यनजर राखेर आयोजना गरिएको खसीबोकाको हाटबजारमा २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बेसीशहर नगरपालिका वडा नं ९ मा रहेको तरकारी तथा फलफूल संकलन केन्द्रमा घटस्थापना देखि आईतबार सम्म आयोजना गरिएको हाटबजारमा २ सय बढी खसीबोका विक्री भएपछि २० लाख बराबरको कारोबार भएको हो । 

»More

जेसिसद्धारा ट्राफिक कार्यालयलाई बोर्ड प्रदान

आश गुरुङ, लमजुङ, असोज १२ गते ।
लमजुङ जेसीसले जिल्ला ट्राफिक कार्यालय लमजुङलाई १० वटा सचेतनात्मक बोर्ड प्रदान गरेको छ । ट्राफिक नियम उल्लङ्घनका घट्ना न्यूनिकरणका लागि सहयोग गर्ने उद्देश्यले लमजुङ जेसीसद्धारा ट्राफिक प्रहरीलाई सचेतनात्मक १० वटा बोर्ड प्रदान गरिएको हो ।
सदरमुकाम बेसीशहरको भीमसेनस्थान चोकमा एक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि जिल्ला खेलकूद विकास समितिका अध्यक्ष रामचन्द्र पौडेल, लमजुङ उद्योग वाणिज्य संघका महासचिव कृष्ण लामिछाने, लमजुङ मस्र्याङ्दी युवा क्लवका सचिव जुनबहादुर तामाङ, 

»More

अन्नपूर्णका पर्यटकलाई एक्यापद्धारा सम्मान

आश गुरुङ, लमजुङ, असोज ११ गते ।
विश्व पर्यटन दिवसको अवसमार विश्वविख्यात अन्नपूर्ण चक्रीय पदमार्गका लागि गएका पर्यटकलाई लमजुङ सदरमुकाम बेसीशहरमा सम्मान गरिएको छ । ३५ औं विश्व पर्यटन दिवसको दिन आईतबार अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, ईलाका संरक्षण कार्यालय भुजुङले ढाकाटोपी, खदा र टिका लगाएर पर्यटकलाई स्वागतसम्मान गरेको हो । विश्व पर्यटन दिवसको नारा यसवर्ष ‘पर्यटन तथा सामुदायिक विकास’ रहेको छ ।

»More

चलचित्रको शुभ मुहूर्तमा गाउँले सवै रोए

आश गुरुङ, गहते (कास्की), भदौ १९ गते ।
विहबार बिहान ६ बजे कास्कीको गहते गाउँको एउटा आँगनमा ‘आधी माया क्योँला, आधी माया ङल’ अर्थात आधा माया तिम्रो, आधा माया मेरो बोलको गीत बज्दै थियो । वरिष्ठ गुरुङ चलचित्रकर्मी लोकबहादुर गुरुङद्धारा लिखित तथा निर्देशित चलचित्र धीँ अर्थात ‘घर’ को यो गीतलाई चलचित्रकर्मी मनोज गुरुङले गाएका हुन् । मनोज गुरुङले यो गीत बजाइरहँदा कलाकार शुकलाल गुरुङको मोवाईलमा फोन आयो, गुरुङ चलचित्र एसोसिएन नेपाल जीफानका अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम’ को ।

»More