Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

जनगणनामा मिथ्याङ्क ः जनजाति

आश गुरुङ,

लमजुङ, असार १७ गते । असार ३ गतेदेखि शुरु भएको राष्ट्रिय जनगणनाका क्रममा गणकहरुले तथ्याङ्कका सट्टा मिथ्याङ्क संकलन गरेको लमजुङका आदिवासी जनजातिले आरोप लगाएका छन् ।

आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् लमजुङले यस पटककको तथ्याङ्क संकलनले आदिवासी जनजातिको अस्तित्व खतरामा पारेको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् ।

गणकहरुले घरमुलीको अनुपस्थितिमा छोराछोरीसंग सोधेर तथ्याङ्क संकलन गरेको, आधिकांश जनजातिको घरहरुमा मातृभाषा नेपाली लेखेको, गणकहरुले मातृभाषा र धर्म नसोधिकन आफूखुसी लेखेको, हृयोल्मो जातिलाई तामाङ लेखेको, प्रतिवन्धित सिसाकलम प्रयोग गरेको, विभिन्न जातिले बोल्ने दोश्रो भाषालाई पनि नसोधिकनै खस भाषा लेखेर तथ्याङ्क संकलन गरेको आदिवासी समन्वय परिषद् लमजुङले आरोप लगाएको छ ।

परिषद्का अध्यक्ष खेमजंग गुरुङले यसपटकको जनगणनामा आदिवासी जनजाति, दलित तथा पिछडाबर्गलाई उपेक्षित गरि राजनीतिक नियुक्ती र भाइभतिजालाई जागिर खुवाउने काम मात्रै गरेको आरोप लगाए ।


Posted on:July 2, 2011, 2:07 am




Comments on above topic:





दोस्रो बेंसीशहर महोत्सव सकियो

इलमजुङ संवाददाता

९ दिनसम्म बेंसीशहरको दनाइफाँटमा सञ्चालीत दोस्रो बेसीशहर महोत्सव २०७४ सम्पन्न भएको छ । ‘हाम्रो नगर राम्रो सहर, स्वच्छ सफा र सुरक्षित बेसींशहर’ भन्ने नाराका साथ माघ २९ देखि फागुन ८ गतेसम्म सञ्चालीत महोत्सवको डेढ लाख दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा १० करोडको कारोबार भएको आयोजकले जनाएको छ । जिल्लाको आर्थिक र सामाजिक विकासमा टेवा पुराउने उद्देश्यले सञ्चालित महोत्सवको नेपाली सेनाका प्रधानसेनापती राजेन्द्र क्षेत्रीले समापन गर्नुभएको थियो । 

»More

एकसाता मध्यमस्र्याङदी बन्द हुदै

इलमजुङ संवाददाता

 ७० मेगावाटको मध्यमस्र्याङदी जलविद्युत परियोजनाको आइतबारबाट मर्मत थालिएको छ । मर्मतको लागि परियोजनाबाट एकसाता विद्युत उत्पादन पूर्ण रुपमा बन्द गरिदैछ । आइतबारदेखि युनिट २ सर्ट डाउन गरी ओभरहोलिङ (बृहत मर्मत) थालिएको छ । जलविद्युत केन्द्रमा ३५÷३५ मेगावाटका २ वटा टर्बाइन छन् ।

»More

लमजुङ जिल्ला हात्तीपाइले रोग प्रकोप दर घटेन

बेलिना थापा

हात्तीपाइले रोगको बारेमा सचेतनामूलक कार्यक्रम संचालन भैरहे पनि लमजुङमा यो रोग प्रकोप दर घट्न सकेको छैन । स्वास्थ्यसंस्थाले कार्यक्रम संचालन हुदै आएपनि जिल्लामा भने रोग घट्न सकेको छैन । हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम गाउँगाउँमा संचालन भएपनि सबैले औषधी सेवन नगरेका कारण रोगको दर घट्न नसकेको जिल्ला जनस्वास्थ्य कार्यलय लमजुङका प्रमुख केशवप्र्रसाद चापागाईले मंगलबार आयोजना गरिएको हात्तीपाइले रोग निवारण कार्यक्रम अन्र्तगत पत्रकार अन्तरक्रियामा बताए ।

»More

फुटबल प्रतियोगितामा स्थानीय लाहुरे टिम बिजयी

बेलिना थापा

मिनाम लाङ्घाली क्लवले आयोजना गरेको खुल्ला फुटवल प्रतियोगिता नरुवाल गाउँका लाहुरे टिमले जितेको छ । बेसीशहर नगरपालिका वडा नं. २ नरुवालमा मिनाम लाङ्घाली क्लवले महाशिवरात्री पर्वको अवसरमा प्रतियोगिताको आयोजना गरेको थियो । फाइनलमा राइजिङ रोज युवा क्लव बेसीशहरलाई शुन्यका बिरुद्ध २ गोलको अन्तरले आयोजक नरुवाल गाउँका स्थानीय लाहुरे टिमले खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । 

»More

लमजुङको उदीपुरमा महायज्ञ सुरु

बेलिना थापा

लमजुङ । फागुन ५ । 
बेंसीशहर नगरपालिका¬ १ उदीपुरमा रहेको जनकल्याण माध्यमिक विद्यालयको प्रांगणमा शनिवारबाट श्रीमद् भागवात महापुराण सप्ताह ज्ञान महायज्ञ सञ्चालन भएको छ । विद्यालयमा निकट भविष्यमा नै प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्ने उद्धेश्यका साथ जनकल्याण माविले महायज्ञ सञ्चालन गरेको हो । महायज्ञ शनिवारबाट फागुन १२ गतेसम्म सञ्चालन हुनेछ ।
महायज्ञ मूल समारोह समितिका संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा सञ्चालित उद्घाटन सत्रमा प्रदेश नं ४ का प्रदेशसभा सदस्य मायानाथ अधिकारीको प्रमुख आतिथ्यता थियो । 

»More