Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

खानेपानी कार्यालयमा जनजाति युवाहरुद्धारा तालाबन्दी

आश गुरुङ,

लमजुङ, पुस २४ गते ।

लमजुङ सदरमुकाम वेसीशहरस्थित बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयमा आदिवासी जनजाति युवाहरुले आज आईतबार दिउसो तालाबन्दी गरेकाछन् ।

निस्कासन गरिएका ५ जना कर्मचारीको पर्ुनर्बहाली, आदिवासी जनजाति महासंघ लमजुङका अध्यक्ष खेमजंग गुरुङ र सहज कुमार घले विरुद्धको र्सार्वजनिक अपराधको मुद्धा फिर्ता हुनुपर्ने र बेसीशहर खानेपानी समितिका अध्यक्ष कृष्ण बहादुर अधिकारीको राजीनामाको माग गर्दै युवाहरुले तालाबन्दी गरेका हुन् ।

आदिवासी जनजाति युवा महासंघ जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष अर्जुन गुरुङको नेतृत्वमा गएको युवाहरुको टोलीले कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरेको थियो । तालबन्दीको कारण सदरमुकाम बेसीशहरमा खानेपानीको ब्यबस्थापन गर्दै आएको बेसीशहर खानेपानी उपभोक्ता समितिको कामकाज ठप्प भएको छ । आदिवासी जनजाति युवा महासंघका अध्यक्ष गुरुङले माग पूरा नभएसम्म तालाबन्दी जारी रहने वताएकाछन् ।

यसअघि आदिवासी जनजाति महासंघ लमजुङको नेतृत्वमा गएको आदिवासी जनजातिहरुले घलेको पर्ुनर्बहालीको माग गर्दै खानेपानी कार्यालय घेराउ गर्ने क्रममा गत पुस १० गते तोडफोड समेत गरेका थिए । कार्यालयमा भएको तोडफोडका बिरुद्ध बेसीशहर खानेपानी उपभोक्ता समितिले आदिबासी जनजाती महासंघ लमजुङका अध्यक्ष खेमजंग गुरुङ र सहजकुमार घलेका विरुद्ध र्सार्वजनिक अपराधमा मुद्धा दायर गरेको छ ।

प्रशासनको रोहवरमा भएको र्सवदलीय बैठकमा तोडफोड दुःखदायी भएको भन्दै आदिबासी जनजाति महासंघले माफी मागिसकेको अवस्थामा र्सार्वजनिक अपराधमा मुद्धा दायर भएपछि आदिवासी जनजाति समुदाय आन्दोलित वन्दै आएका छन् ।

यसअघि उपभोक्ता समितिले विना कारण पर्ूवाग्रही भएर आफूहरुलाई निकालिएको भन्दै कम्प्युटर अपरेटर सहज कुमार घले, मिटर रिडर निर्मला अधिकारी, डिलमाया खत्री, चौकीदार रेशम बहादुर क्षेत्री र हरिबहादुर विकलाई हटाउने निर्ण्र्ाागरेपछि उनीहरुले गत मंसिर २२ गते लगाएको ताला प्रशासनको सुरक्षाघेरमा समितिले गत पुस ८ गते तोडेका थिए ।

वेसीशहर खानेपानी उपभोक्त समितिका अध्यक्ष कृष्णबहादुर अघिकारीले साधारणसभा बोलाएर हटाइएका कर्मचारीका बारेमा निर्ण्र्ाालिनको लागि पहल भईरहेका बेला आदिबासी जनजाती युवा महासंघको नाममा लगाइएको तालाबन्दीले निकास ननिश्कने बताउनु भएको छ ।

खानेपानी कार्यालयलेसंस्थाको आर्थिक अबस्थामा राम्रो नभएको भन्दै कम्प्युटर गत पुस १ गतेबाट अपरेटर सहज कुमार घले, मिटर रिडर निर्मला अधिकारी, डिलमाया खत्री, चौकीदार रेशम बहादुर क्षेत्री र हरिबहादुर विकलाई हटाएको थियो ।


Posted on:January 8, 2012, 4:38 am




Comments on above topic:





लमजुङ-कास्कीको लेक विवाद् आफ्नो भू-भाग फर्काउने कसरतमा लमजुङे

आश गुरुङ,

आदिम समयदेखि लमजुङेले भोगचलन गर्दै आएको लेकाली भू-भागहरु कास्कीका वासिन्दाले भोगचलन गर्न थालेपछि यसलाई फर्काउने कसरतमा लमजुङका वासिन्दा जुटेका छन् । लमजुङको दशथरमा पर्ने उत्तरकन्या, घनपोखरा र भुजुङ गाविस साथै पाँचगाउँमा पर्ने पसगाउँ र भोँजे गाविसका लेकाली क्षेत्रहरु 'टोपो ग्राफिक्स् म्याप' मा कास्की जिल्लाको नामार्जुङ गाविसमा देखिएपछि स्थानीयवासिन्दा आफ्नो पुरानो क्षेत्रलाई कानुनी रुपमा फर्काउने प्रयत्नमा जुटेका हुन् ।

»More

हिमाली क्षेत्रमा हिमपात जारी

आश गुरुङ,

हिमालपारीको जिल्ला मनाङमा अझै हिमपात जारी छ । चारदिनदेखि अविरल परेको हिमपातका कारण स्थानीयवासिन्दा प्रभावित बनेका छन् ।
      हिमपातपछि चिसो बढ्दा माथिल्लो मनाङको निस्याङ क्षेत्र, नार र फू उपत्याका, सदरमुकाम चामे र चामेसहित तल्लो मनाङका ३ गाविसका वासिन्दा घरबाहिर निस्कन समेत सकेका छैनन् । गोरेटोबाटो साथै मानववस्तीमा ३ फिटसम्म हिउँ जमेको मनाङका पर्यटन ब्यवसायी विनोद गुरुङले बताए ।
चिसोका कारण माथिल्लो मनाङको मनाङ बजार र सदरमुकाम चामेको बजार सुनसान जस्तै छ । 

»More

एसएलसीमा जिल्ला प्रथमलाई १ लाख प्रदान

आश गुरुङ,

हिमालपारीको जिल्ला मनाङमा २०७० सालको एसएलसी परीक्षामा जिल्ला प्रथम हुने विद्यार्थीलाई स्थानीय समाजसेवीले १ लाख रुपैँया प्रदान गरेका छन् । जिल्ला भरी नै सर्वोत्कृष्ठ हुने अन्नपर्ूण्ा मावि मनाङबाट प्रवेशिका दिनुभएका सुनिता गुरुङलाई एक कार्यक्रमकाबीच समाजसेवी कर्म घलेले नगद पुरस्कार प्रदान गरेका हुन् । हाल काठमाण्डूमा रहनुभएका घलेले पठाउनुभएको रकमलाई विद्यालयमा एक कार्यक्रमको आयोजना गरि जिल्ला शिक्षा समितिका सदस्य एवं विद्यालय ब्यवस्थापन समितिका सदस्य विनोद गुरुङले विद्यार्थीलाई हस्तान्तरण गरेको हो ।

»More

पसगाउँकी सन्ध्यालाई मिस तमूस्योको उपाधी

आश गुरुङ, तस्विरः jukson.com

मिस तमुस्यो २०१४ को उपाधी लमजुङकी सन्ध्या गुरुङ -तमूस्यो)ले हात पारेकी छन् । देशभरबाट छनोट चरणमा पुगेका १८ प्रतियोगीलाई उछिन्दै लमजुङको पसगाउँ गाउँ विकास समिति वडा नम्बर ६ की १८ बषर्ीया सन्ध्याले उपाधी चुमेका हुन् । उपाधिसंगै सन्ध्याले नगद ५० हजार रुपैयाँ, क्राउन, ट्रफि, विभिन्न गिफ्ट हृयम्पर र एक साता लामो हङकङ भ्रमणको अवसार प्राप्त गरिन् । उनले उपाधि सहित भ्युअर च्वाइसको सवटइटल पनि जितिन् ।

»More

Lucrative pisciculture attracts Lamjung farmers

RAMJI RANA

After the District Agricultural Development Office (DADO) began providing assistance to farmers for pisciculture, the number of fish farmers is increasing in Lamjung. 

The 11.3 hectare land has been used of pisciculture in the district currently. 

A DADO Officer, Prakash Bastakoti, said farmers of the district produced 11 metric ton fish last year.

»More