Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

संविधान निर्माणमा काँग्रेस पछि हट्दै छ ः गुरुङ

नवीनराज कुइँकेल,

बेसीसहर, पुस २५ गते ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं सभासद पृथ्वीसुब्बा गुरुङले जारी संविधान निर्माण प्रक्रियामा नेपाली काँग्रेस पछी हट्न लागेको आरोप लगाउनुभएको छ । २१ औं प्यावसन दिवसको अबसरमा लमजुङ सदरमुकाम बेसीसहरमा आयोजति कार्यक्रममा गुरुङले यस्तो कुरा बताउनुभएको हो ।

संविधान निर्माणमा शासकिय स्वरुपमा भएको विवादबारे जानकारी गराउँदै पर्ुवमन्त्री एवं सभासद गुरुङले सहमति भैसकेको विषयमा काँग्रेसले एक्कासी सहमति वेगर अड्चन थापेर संविधान निर्माणमा बाधा उत्पन्न गराएको बताउनुभयो । माओवादी र एमालेले भनेजस्तो जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र काँग्रेसले भनेजस्तो संसदबाट चुनिने कार्यकारी प्रधानमन्त्री दुवै ब्यबस्था गरी संबैधानिक रुपमा कार्यक्षेत्र बाँडफाँड गरेर अगाडी बढ्ने भन्ने संबैधानिक समितिमा भएको सहमतिबाट काँग्रेस पछि हटेको उहाँको भनाई थियो ।

नेपाली काँग्रेसले जस्तै एकिकृत नेकपा माओवादी र नेकपा एमालेपनि अड्को थाप्ने हो मुलुकमा कहिल्यै संविधान बन्न नसक्ने गुरुङको भनाई थियो । उहँाले सबै दलको चाहना छिटो संविधान बन्नेनै भएकाले सबै मिलेर अगाडी बढ्नुको विकल्प नभएको बताउनुभयो ।

संविधान बनाउने बेलामा ढिला गर्दा र झगडा गर्दा त्यसको फाइदा पर्ूव राजा ज्ञानेन्द्र सहितका पुरातनबादी शक्तिलाई फाइदा पुग्ने गुरुङको भनाई थियो । एमाले पोदिलटब्युरो सदस्य समेत रहनुभएका गुरुङले शासकिय स्वरुपमा काँग्रेसले लिएको अडान फिर्ता लिनुपर्ने बताउनुभयो । उहाँले यो बेला काँग्रेसले जुरो हाल्ने र सरकारले सिङ तिखार्ने बेला नभएको भन्दै जनताको चाहना पुरा गर्न सबै दलले केही न केही त्याग गरि राष्ट्रिय सहमतिमा आउन आबस्यक भएको बताउनुभयो ।

प्यावसन लमजुङको आयोजनामा भएको सो कार्यक्रममा एकीकृत नेकपा माओावादी लमजुङका इन्चार्ज देवेन्द्र पराजुलीले शान्ति र संविधानमा केही दल पछी हट्न लागेको बताउनुभयो । उहँाले पुन २०४७ सालकै संविधान ब्युताउन केही दल उद्यत रहेको भन्दै त्यस्तो कार्यको सबै क्षेत्रबाट खबरदारी आबस्यक रहेको बताउनुभयो ।

नेकपा एमालेका अध्यक्ष जमिन्द्रमान घलेले शान्ति र संविधानमा दलहरुको ढिलाईले जनतामा निराशा छाएको भन्दै दलहरु गम्भिर हुनुपर्नेमा जोड दिनुभयो । यस्तै नेपाली काँग्रेसका जिल्ला सदस्य पर्ुण्ाचन्द्र पोख्रेल र राप्रपा अध्यक्ष बालचन्द्र श्रेष्ठले सरकारले जनताको चाहना बमोजिम काम गर्न नसकेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्ट, प्यावसनका केन्द्रीय सदस्य बाबुराम पौडेल, पर्ुव अध्यक्ष एवं सल्लाहकार महेन्द्र नेउपाने, शिक्षक युनियनका उपाध्यक्ष तेजनारायण अधिकारी, लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भेषबहादुर पौडेल, पत्रकार महासंघका अध्यक्ष कृष्ण केसी लगायतले मन्तब्य राख्नुभएको थियो । प्यावसन दिवसको अबसरमा विभिन्न विद्यालयका नृत्य प्रस्तुत गरिनुका साथै विभिन्न समयमा भएका प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रम प्याबसन लमजुङका अध्यक्ष र्सर्ूय गुरुङको अध्यक्षता तथा सचिव अर्जुन गुरुङको सहजीकरणमा भएको थियो ।


Posted on:January 9, 2012, 3:36 am




Comments on above topic:





लमजुङ-कास्कीको लेक विवाद् आफ्नो भू-भाग फर्काउने कसरतमा लमजुङे

आश गुरुङ,

आदिम समयदेखि लमजुङेले भोगचलन गर्दै आएको लेकाली भू-भागहरु कास्कीका वासिन्दाले भोगचलन गर्न थालेपछि यसलाई फर्काउने कसरतमा लमजुङका वासिन्दा जुटेका छन् । लमजुङको दशथरमा पर्ने उत्तरकन्या, घनपोखरा र भुजुङ गाविस साथै पाँचगाउँमा पर्ने पसगाउँ र भोँजे गाविसका लेकाली क्षेत्रहरु 'टोपो ग्राफिक्स् म्याप' मा कास्की जिल्लाको नामार्जुङ गाविसमा देखिएपछि स्थानीयवासिन्दा आफ्नो पुरानो क्षेत्रलाई कानुनी रुपमा फर्काउने प्रयत्नमा जुटेका हुन् ।

»More

हिमाली क्षेत्रमा हिमपात जारी

आश गुरुङ,

हिमालपारीको जिल्ला मनाङमा अझै हिमपात जारी छ । चारदिनदेखि अविरल परेको हिमपातका कारण स्थानीयवासिन्दा प्रभावित बनेका छन् ।
      हिमपातपछि चिसो बढ्दा माथिल्लो मनाङको निस्याङ क्षेत्र, नार र फू उपत्याका, सदरमुकाम चामे र चामेसहित तल्लो मनाङका ३ गाविसका वासिन्दा घरबाहिर निस्कन समेत सकेका छैनन् । गोरेटोबाटो साथै मानववस्तीमा ३ फिटसम्म हिउँ जमेको मनाङका पर्यटन ब्यवसायी विनोद गुरुङले बताए ।
चिसोका कारण माथिल्लो मनाङको मनाङ बजार र सदरमुकाम चामेको बजार सुनसान जस्तै छ । 

»More

एसएलसीमा जिल्ला प्रथमलाई १ लाख प्रदान

आश गुरुङ,

हिमालपारीको जिल्ला मनाङमा २०७० सालको एसएलसी परीक्षामा जिल्ला प्रथम हुने विद्यार्थीलाई स्थानीय समाजसेवीले १ लाख रुपैँया प्रदान गरेका छन् । जिल्ला भरी नै सर्वोत्कृष्ठ हुने अन्नपर्ूण्ा मावि मनाङबाट प्रवेशिका दिनुभएका सुनिता गुरुङलाई एक कार्यक्रमकाबीच समाजसेवी कर्म घलेले नगद पुरस्कार प्रदान गरेका हुन् । हाल काठमाण्डूमा रहनुभएका घलेले पठाउनुभएको रकमलाई विद्यालयमा एक कार्यक्रमको आयोजना गरि जिल्ला शिक्षा समितिका सदस्य एवं विद्यालय ब्यवस्थापन समितिका सदस्य विनोद गुरुङले विद्यार्थीलाई हस्तान्तरण गरेको हो ।

»More

पसगाउँकी सन्ध्यालाई मिस तमूस्योको उपाधी

आश गुरुङ, तस्विरः jukson.com

मिस तमुस्यो २०१४ को उपाधी लमजुङकी सन्ध्या गुरुङ -तमूस्यो)ले हात पारेकी छन् । देशभरबाट छनोट चरणमा पुगेका १८ प्रतियोगीलाई उछिन्दै लमजुङको पसगाउँ गाउँ विकास समिति वडा नम्बर ६ की १८ बषर्ीया सन्ध्याले उपाधी चुमेका हुन् । उपाधिसंगै सन्ध्याले नगद ५० हजार रुपैयाँ, क्राउन, ट्रफि, विभिन्न गिफ्ट हृयम्पर र एक साता लामो हङकङ भ्रमणको अवसार प्राप्त गरिन् । उनले उपाधि सहित भ्युअर च्वाइसको सवटइटल पनि जितिन् ।

»More

Lucrative pisciculture attracts Lamjung farmers

RAMJI RANA

After the District Agricultural Development Office (DADO) began providing assistance to farmers for pisciculture, the number of fish farmers is increasing in Lamjung. 

The 11.3 hectare land has been used of pisciculture in the district currently. 

A DADO Officer, Prakash Bastakoti, said farmers of the district produced 11 metric ton fish last year.

»More