Media Partners

www.elamjung.com on Facebook

 'सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरु एकजुट होऔं !'(प्रेस-विज्ञप्ति)

लेखनाथ न्यौपान

हाम्रो संगठन अनेरास्ववियू -क्रान्तिकारी)को ऐतिहासिक केन्द्रीय भेला यही पौष ११ र १२ गते भव्यतापुर्बक सम्पन्न भएको छ । उक्त भेलाले लिएका निर्णयहरु र्सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
निर्णयहरु :
· भेलामा केन्द्रीय समितिका ७१ जना, जिल्ला अध्यक्षहरु ८८ जना, इकाई अध्यक्षहरु २७० जना, विशेष प्रतिनिधिहरु ३० जना गरी जम्मा ४५९ जनाको सहभागिता थियो ।

»More

प्रेश विज्ञप्ति

गत पौष ६ गते माओवादी भातृ संगठनको एक जत्थाले हिमाल मिडियाको कार्यलय हात्तीबनमा उक्त मिडियाका सम्पादक, सम्बादाता तथा कर्मचारी लगायत अन्य पत्रकारहरु माथि हमला गर्नुको साथै कार्यालय तोडफोड गरेको घटना प्रति नेपाल पत्रकार महासँघ यूएई सम्पर्क शाखा घोर भत्र्सना गर्दछ । सञ्चार संस्था र सञ्चारकमीएमाथि भएको हमलाको घटनालाई लिएर नेपाल पत्रकार महासँघ केन्द्रिय कार्यलयले सम्पूर्ण पत्रकारहरुको ऐक्यबद्धता जनाउदै पौष ७ गते आयोजना गरेको शान्तिपूर्ण

»More

प्रेस बिज्ञप्ती

Jyoti Gurung

हिमाल मिडियाको हात्तिबनस्थित कार्यालयमा पुष ६ गते आईतबार माओवादी सम्बद्ध अखिल नेपाल छापाखाना तथा मजदुर संगठनका कार्यकर्ताले तोडफोड तथा कर्मचारीलाई हातपात गरेको प्रति बिभिन्न संचार माध्यम र सम्बद्ध संघ सस्थाहरुले घोर भर्सना गरेका छन । नेपाल पत्रकार महासंघ पाल्पाले पनि घटनाको भ्रत्सना गर्दै मिडियामाथि भएको यसखालका आक्रमणले नेपालको स्वतन्त्र प्रेस माथि ठाडो हस्तक्षेप भएको पुष्टि भएको भनेको छ ।

»More

प्रेश विज्ञप्ति

Khem Nath UAE

नेपाली साहित्य फाँटका चमकिला तारा आदरणिय स्रटा रमेश विकलको निधनको खवरले अनेसास यूएई च्याप्टर स्तब्ध बनेको छ ।
नेपाली साहित्य जगतमा एक चमकिला तारा रमेश विकल ८१ बर्षो उमेरमा पनि साहित्यअनुरागीहरुलाई केही दिदै थिए तर त्यो पुरा हुन नपाई उनले नेपाली साहित्यलाई टुहुरो बनाई देहत्याग गरे । उनको भौतिक शरिरले चोला फेरेतापनि नेपाली साहित्यमा उनको अमर कृतिले सधै चर्चा पाईरहने छ । साहित्यको एक कालखण्ड बनेर साहित्यकार विकल सधै अमर रहीरहनेछन् ।

»More

प्रेस विज्ञप्ति

B.P. Adhikari

नेपाल उत्सव­-२००८ को निमन्त्रणा वान मुनलाई
महासचिव मुन उत्सवको प्रमुख अतिथिका हैसियतले उपस्थित हुने
नेपाली जनसर्म्पर्क समिति अमेरिकाका उपसभापति तथा नेपाल उत्सव-२००८ का संयोजक मिङ्मा शेर्पा एवं जनसर्म्पर्क समिति न्यूर्योक च्याप्टरका सहसचिव फुर्वा शेर्पाले संयुक्त राष्ट्र संघका महासचिव वान की मुनसँग भेटघाट गर्नु भएको छ । संयुक्त राष्ट्रसंघद्वारा आयोजित रात्रिभोजमा उहाँहरुले भेटघाट गर्नु भएको हो ।

»More

मानवअधिकार उत्सवका क्रममा आज शनिवार

Jhalak Gaire

सशस्त्र द्वन्द्वका दशकमा अत्याधिक प्रभावित मध्यपश्चिमका मानवअधिकारकर्मीहरुले ६०औं अन्तराष्ट्रिय मानवअधिकार दिवसलाई सप्ताहव्यापी उत्सवका रुपमा मनाइरहेको व्यहोरा यहांहरुलाई जानकारी भएकै कुरा हो ।
त्यसक्रममा आज शनिवार अधिकारकर्मीबीच अन्तक्रिर्या भएको छ । कार्यक्रममा वरिष्ठ मानवअधिकारकर्मी कपिल श्रेष्ठले लोकतन्त्र र मानवअधिकार एक अर्काका परिपूरक भएको बताउँदै त्यसविरुद्ध उभिने सत्ता र पार्टी लामो समयसम्म टिक्न नसक्ने बताउनु भयो । मानवअधिकारको आन्दोलनले मात्र शान्ति प्रक्रियालाई निश्कर्षा पुर्‍याएर नयाँ संविधान निर्माणलाई र्सार्थक बनाउने श्रेष्ठको भनाई थियो ।

»More

प्रेस विज्ञप्ति (प्रधानमन्त्री निवास अगाडि धर्ना/प्रदर्शन गरिने)

मानव अधिकार तथा शान्ति समाज
केन्द्रीय कार्य समिति
दर्ता नं. १७७/०५३/५४, जि.प्र.का., काठमाडौं
६० औं मानव अधिकार दिवस -१० डिसेम्बर) का सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजले "दीगो शान्ति हेतु सबैका लागि सबै मानव अधिकार" भन्ने मूलनारा सहित विभिन्न अर्न्तर्संवाद र प्रदर्शन गर्ने भएको छ ।

»More

प्रेस बिज्ञप्ती (खेमा प्रोडक्सन प्रा.लि.रुपन्देही)

भिम गुरुङ

खेमा प्रोडक्सन प्रा.लि.रुपन्देहीको दोश्रो प्रस्तुति
तमु -गुरुङ) भाषाको चलचित्र "आशिमला" -शुभकामना)
पत्रकार भेटघाट कार्यक्रम
११ मंशिर २०६५,बुटवल

»More


Warning: include(google_adds/468imgtxt.htm) [function.include]: failed to open stream: No such file or directory in /home2/elamjung/public_html/press.php on line 108

Warning: include() [function.include]: Failed opening 'google_adds/468imgtxt.htm' for inclusion (include_path='.:/usr/lib64/php:/usr/lib/php') in /home2/elamjung/public_html/press.php on line 108