Social Medias

Follow elamjung on Twitter
www.elamjung.com on Facebook

त्रिवेणी कपको उपाधि भोटेओडारको पोल्टामा

आश गुरुङ,

Triveni Cup  Final 2068

लमजुङको भोटेओडारस्थित बीवाईसी युवा क्लवले यसवर्षो त्रिवेणी कप राष्ट्रब्यापी फूटवल प्रतियोगिताको उपाधि जितेको छ ।

चितवनको त्रिवेणी युवा क्लव मुग्लिनलाई १ का विरुद्ध ३ गोलगरि बीवाईसी भोटेओाडारले २० औँ त्रिवेणी कपको उपाधिमाथि कब्जा जमाएको हो ।

प्रथम उपाधिसंगै बीवाईसी भोटेओडारले नगद १ लाख रुपैँया, त्रिवेणी कप, स्वर्ण्र्ाादक र प्रमाणपत्र पाएको छ । उपविजेता त्रिवेणी मुग्लिनले नगद ५० हजार, रजतपदक र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

»More

त्रिवेणी मुग्लिन र बीवाईसी भोटेओडार फाईनलमा

आश गुरुङ,

चितवनको त्रिवेणी युवा क्लब मुग्लिन र लमजुङको बीवाईसी भोटेओडार, लमजुङमा जारी त्रिवेणी कप राष्ट्रब्यापी फूटवल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

सदरमुकाम वेसीशहरको सहजी रंगशालामा आयोजना गरिएको फूटवल प्रतियोगिताको फाईनल खेल भोलि हुने छ ।

आज भएको खेलमा आयोजक त्रिवेणी रातोलाई ० का विरुद्ध २ गोल गरि त्रिवेणी मुग्लिनले फाईनलको यात्रा तय गरेको हो । खेलको ५ मिनेटमा त्रिवेणी मुग्लिनको तर्फाट जर्सर्ीीम्बर १८ का राजुकिशोर प्रजापतिले गोल खाता खोले ।

»More

तीन टिम सेमीफाईनलमा प्रवेश

आश गुरुङ,

लमजुङमा भईरहेको २० औँ त्रिवेणी कप राष्ट्रब्यापी खुल्ला फूटवल प्रतियोगितावाट लमजुङ मर्स्याङदी युवा क्लव, त्रिवेणी मुग्लिन र बीवाईसी भोटेओडार सेमीफाईनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा खसु रोधी युवा क्लवलाई ० का विरुद्ध १ गोलले हराउँदै लमजुङ मर्स्याङदी युवा क्लव सेमीफाइनलमा प्रवेश गरेको हो ।

»More

त्रिवेणी रातो सेमी फाईनलमा प्रवेश

आश गुरुङ,

आयोजक त्रिवेणी युवा क्लब रातो लमजुङमा जारी २० औँ त्रिवेणी कप राष्ट्रब्यापी फूटवल प्रतियोगिताको सेमी फाईनलमा प्रवेश गरेको छ ।

त्रिवेणी रातो र वेसीशहर युथ सोर्साईटी शेराबीच बीच भएको खेलमा गोलरहित बराबर भएपछि पेनाल्टी सुटआउटवाट त्रिवेणी रातोले वेसीशहर युथ सोर्साईटीलाई ४ का विरुद्ध ५ गोल गरि सेमी फाईनलको यात्रा तय गरेको हो ।

यसैगरि, आज भएको पहिलो खेलमा लमजुङ मर्स्याङ्दी युवा क्लव वेसीशहरले स्मार्ट सेल समाज कल्याण युवा क्लव नयाँबजार काठमाण्डौलाई

»More

सहजीमा खेल संचालन गर्न कठिनाई

आश गुरुङ,

हिलो नभए धूलो र धूलो नभए हिलोका कारण लमजुङ सदरमुकाम वेसीशहरको एकमात्र सहजी मैदानमा खेल संचालन गर्न कठिनाई परेको छ ।

सदरमुकाम वेसीशहरस्थित सहजी खेल मैदानमा संचालन भईरहेका २० औँ त्रिवेणी कप राष्ट्रब्यापी फूटवल प्रतियोगिता संचालनमा समेत कठिनाई परेको आयोजकले जनाएको छ ।

»More

त्रिवेणी रातो क्वाटर फाईनलमा

आश गुरुङ,

आयोजक त्रिवेणी रातो लमजुङमा जारी २० औँ त्रिवेणी कप राष्ट्रब्यापी फूटवल प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा एबीसी बालाजु काठमाडौँलाई १ का विरुद्ध २ गोल गरि त्रिवेणी युवा क्लव रातो क्वाटर फाईनलमा प्रवेश गरेको हो ।

यसैगरि, आजै भएको खेलामा सुन्दरबजार फूटवल क्लव सुन्दरबजारलाई ३ का विरुद्ध ४ गोल गरि लमजुङ मर्स्याङ्दी युवा क्लव वेसीशहर दोश्रो चरणमा प्रवेश गर्‍यो । निर्धारित समयमा कुनैपनि टिमवाट गोल हुन नसकेपछि टर््राईबेकरमा मर्स्याङ्दीले जित्न सफल भएको हो ।

»More

त्रिवेणी कपमा ४ खेल सम्पन्न

आश गुरुङ,

लमजुङमा हिजोदेखि शुरु भएको २० औँ त्रिवेणी कप राष्ट्रब्यापी फूटवल प्रतियोगितामा आज ४ खेल सम्पन्न भएकाछन् ।

सदरमुकाम वेसीशहरको सहजी रंगशालामा आयोजना गरिएको पहिलो खेलमा तनहूँ प|mेन्ड्स क्लवले ० का विरुद्ध २ गोल गरि लमजुङ युनाईटेड फूटबल क्लब भोटेओडारलाई हरायो । दोश्रो खेलमा मर्स्याङ्दी बहुमुखी क्याम्पसलाई २ का विरुद्ध ३ गोल गरि आयोजक त्रिवेणी रातोले अग्रता कायम गर्‍यो ।

»More

त्रिवेणी कप फूटवल प्रतियोगिता शुरु

आश गुरुङ,
तस्विरहरुः नवीनराज कुइँकेल

Triveni Cup 2068

लमजुङको र्सवाधिक पुरस्कार राशीको त्रिवेणी कप राष्ट्रब्यापी फूटवल प्रतियोगिता मंगलवारदेखि शुरु भएको छ ।

वेसीशहरस्थित त्रिवेणी युवा क्लवको आयोजनामा सहजी रंगाशालामा शुरु भएको २० औँ त्रिवेणी कप फूटवल प्रतियोगिताको जिल्ला न्यायधिस काशीनाथ पोख्रेलले उद्घाटन गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारी, एकीकृत माओवादीका राजु थापा, नेपाली कांग्रेसका कृष्ण कोईराला, नेकपा एमालेका कृष्णप्रसाद अधिकारी, राप्रपाका बालचन्द्र श्रेष्ठ, स्थानीय विकास अधिकारी पेशलकुमार पोख्रेल, जिल्ला खेलकुद विकास

»More


GoDaddy.com Hosting just $1.99/mo!