Follow us |
आश गुरुङ 'प्रतीक'/लमजुङ तस्वीरः प्रेम गुरुङ
गोलो अनुहार अनि मिजासिली । बोलीमा नरम अनि ज्यादै मिलनसार पनि । भन्नुपर्दा कुनै पनि खोट छैन उनमा । भर्खर यौवनले धपक्क बलेकी उनी, शहरबजारमा विकेका आधा शरीर ढाक्ने लुगा भने पटक्कै मन पर्दैन । परम्परागत संस्कार र संस्कृतिमा हुर्केकी उनी पटक्कै लजाउँदैनन् । उनी सवैसामू खुलेर बोल्छिन् अनि खुलेरै आफ्नो प्रतिभा देखाउँछिन् ।
'कला' भनेर चिन्छन् सवैले उनलाई । उनी नाच्नमा निक्कै खप्पिस छन् । कला भएरै होला अन्ततः विद्यार्थी जीवनको छविकला गुरुङवाट अन्ततः उनको नाम कला मात्रै रन गयो । उनी अहिले लमजुङ सदरमुकाम वेसीशहरस्थित जन विकास उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा पढि्छन् ।
»More
आश गुरुङ 'प्रतीक'
लमजुङ मोडलिङको संसारवाट एकपटक आफ्नो सुनौलो भविश्य देखेका रामजी रानामगर अहिले
पत्रकारितामा निकै ब्यस्त छन् ।
गोरखाको विकट ग्रामीण क्षेत्र आँपपिपल गाउँ विकास समिति वडा नं. १, जल्जलेमा जन्मेका
रानामगर पत्रकारिता क्षेत्रलाई अंगालेर अगाडि वढिरहेका छन् ।
आँपपिपलको जनता माध्यमिक विद्यालयवाट २०५२ सालमा एसएलसी पास गरेपछि उनी
रत्नराज्यलक्ष्मी क्याम्पसमा काठमाडौंमा भर्ना भई अध्ययन गर्न थालेका थिए ।
»More
ध्रुव लम्साल
ध्रुव लम्साल
माण्डवी
त्रिपाठी पोहोर साल यो सिजनमा निकै व्यस्त थिइन् । तीज नजिकिँदै गएकोले विभिन्न
स्टुडियोमा तीजको भाका उराल्दैमा दिन बितेको पत्तो पाउँदिन थिइन् । तर, यसपालि
पोहोरको जस्तो चटारो छैन । यसपालि त तीजको रमझमले छोएन, नाच्ने-गाउँने अर्को वर्ष
गर्नुपर्ला, उनले भनिन् । यो फुर्सद अरूको कारण मिलेको होइन । आफ्नै काम परेकाले
फुर्सदमा भएको बताइन् । भन्छिन्, आफ्नै सोलो एल्बमको तयारी गर्दैछु, त्यही कारण अरू
गीत गाइनँ । दसं छेको पारेर नयाँ एल्बम ल्याउने सुरमा छिन् उनी । लोक, आधुनिकदेखि
सिनेमाका गीतमा समेत स्वर दिएकी छिन् उनले । उनलाई चिन्नेहरू भने लोकगायिका भन्छन्
। लोकबाहेकको पाटो छोपिएकोमा नरमाइलो लाग्दैन रु अहँ, लोकगीत भनेको ठेट गीत हो ।
मलाई त लोकगायिका भन्दा रमाइलो लाग्छ । अरूको अनुमान ठीकै भएको धारणा राखिन् ।
»More